सम्पूर्ण अपडेट

विमानमा विराटनगर हुँदै उर्लावारी पुगे बालेन

1.3k
Shares

काठमाडौं । राष्ट्रीय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह विराटनगर विमानस्थल हुँदै मोरङको उर्लाबारी पुगेका छन्।

सुरक्षा स्रोतका अनुसार उनी आफ्नो निर्वाचन क्षेत्र नम्बर ५ मा जाने तयारीमा छन् ।

प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ मा बालेन शाहले ६ हजार ५५१ मत प्राप्त गरी ५ हजार १२३ मतान्तरले अग्रता बनाएका छन्।

उनले एमाले उम्मेदवार केपी शर्मा ओलीलाई १ हजार ४२८ मतमा पछि पार्दै फराकिलो अग्रता बनाएका छन्।

प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहेका बेला फराकिलो अग्रता बनेपछि उनी यो क्षेत्र आएका हुन् । बिहीबार हेलिकप्टर मार्फत आएका उनी आधा बाटोबाटै काठमाडौं फर्किएका थिए ।