सम्पूर्ण अपडेट

बैतडीमा रास्वपाको अग्रता, पछ्याउँदै कांग्रेस

126
Shares

काठमाडौं । बैतडीमा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका हरिमोहन भण्डारीले अग्रता हासिल गरेका छन् ।

अहिलेसम्म १ हजार २५ मतगणना हुँदा उनले ३६८ मत पाएका छन् भने कांग्रेसका चतुरबहादुर चन्दले २५८ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका दामोदर भण्डारी १८७ मतका साथ तेस्रो स्थानमा छन् ।