सेयर बजार ओरालो लाग्दा वाणिज्य बैंकको प्रतिफल ९.७७% ले घट्यो



काठमाडौं । सेयर बजारमा आएको गिरावटसँगै बैंंकले सेयर बजारमा गरेको लगानीको प्रतिफल पनि घटेको छ ।

पछिल्लो समय सेयर बजारमा आएको गिरावटले गर्दा बैंकले सेयर बजारमा गरेको लगानीबाट आउने प्रतिफल पनि घटेको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा बैंकको सेयर बजारमा गरेको लगानीबाट हुने प्रतिफल ९.७७ प्रतिशतले घटेको छ ।

यो ६ महिनाको अवधिमा सेयर बजार करिब ३ सय अंकले घटेको छ । जसको असर बैंकले किनेको विभिन्न कम्पनी सेयर मूल्य घटेको छ ।यसले बैंकले गरेको लगानीको प्रतिफल पनि घटेको छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीहरुले सेयर बजारमा लगानी गरेर ५ अर्ब ८ करोड ९२ लाख ८४ हजार रुपैयाँ कमाएका थिए । चालु आवको सोही अवधिमा आइपुग्दा बैंकले सेयर बजारमा लगानी गरेर ४ अर्ब ५९ करोड २१ लाख ४० हजार रुपैयाँमा सीमित भएको छ ।

६ महिनाको अवधिमा बैंकहरुले सेयर बजारमा गरेको लगानीबाट आउने प्रतिफल ४९ करोड ७१ लाख ४४ हजार रुपैयाँले घटेको छ । पुस मसान्तसम्म १४ वटा बैंकको सेयर कारोबारबाट हुने आम्दानी घटेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय अवस्था अनुुसार सिद्धार्थ बैंक, सानिमा बैंक, नेपाल बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, बैंक अफ काठमाण्डू, नेपाल एसबीआई बैंक, प्राइम बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सिभिल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेको छ ।

यी बैंकले सेयर बजारमा लगानी गरेको भएपनि आम्दानी भने घटेको छ ।

६ महिनाको अवधिमा सेयर बजारमा गरेको लगानीबाट सबैभन्दा बढी कृषि विकास बैंकको आम्दानी घटेको छ । कृषि विकास बैंकले सेयर बजारमा लगानी गरेपनि यो अवधिमा यस्तो आम्दानी २७ करोड २८ लाख ७४ हजार रुपैयाँले घटेको छ ।

यस्तै प्रभु बैंकको १८ करोड ३९ लाख २८ हजार रुपैयाँले सेयर बजारमा गरेको लगानीको प्रतिफल घटेको छ । बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार सिद्धार्थ बैंकको ७ करोड ३९ लाख १० हजार, सामिा बैंकको १ करोड ३१ लाख ४२ हजार, नेपाल बैंकको १ करोड ६४ लाख ४० हजार, सिटिजन्स बैंकको ३ करोड ६० लाख ३४ हजार छ ।

साथै, मेगा बैंकको ५८ लाख ३८ हजार, बीओकेको ७६ लाख ७० हजार, नेपाल एसबीआई बैंकको ४ करोड ४३ लाख ९६ हजार, प्राइम बैंकको ५ लाख २ हजार, नेपाल बंगलादेश बैंक ६ करोड ३ लाख ६४ हजार, एनसीसी बैंकको १३ लाख ५४ हजार, सिभिल बैंकको ९ लाख ६२ हजार र राष्ट्रिय वाणिज्य बैंकको सेयर बजारबाट हुने आम्दानी ५३ लाख ७ हजार रुपैयाँले घटेको छ ।

सबैभन्दा बढी ग्लोबल आईएमई बैंकले कमायो
चालु आवको ६ महिनाको अवधिमा ग्लोबल आइएमई बैंकले सेयर बजारमा लगानी गरेर गत आवको पुस मसान्तको तुलानामा ११ करोड ४२ लाख ११ हजार रुपैयाँ बढी नाफा आर्जन गरेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकले ९ करोड ७६ लाख ५ हजार, स्टयान्र्ड चार्टर्ड बैंकले ६ करोड ५२ लाख ४० हजार, नबिल बैंकले ६ करोड ३६ लाख ४४ हजार, कुमारी बैंकले १ करोड ८२ लाख ४० हजार, एभरेष्ट बैंकले ६ करोड १६ लाख ८४ हजार, लक्ष्मी बैंकले २ करोड १० लाख २२ हजार, एनएमबि बैंकले १ करोड ४५ लाख ७२ हजार, सनराइज बैंकले २ करोड ८३ लाख ७६ हजार, एनआईसी एशिया बैंकले ७७ लाख ५० हजार, माछापुच्छ्रे बैंकले २ करोड ४१ लाख ५१ हजार र सेञ्चुरी बैंकले सेयर बजारमा लगानी गरेर ८५ लाख ८७ हजार रुपैयाँ बढी नाफा आर्जन गरेको छ ।

पुस मसान्तसम्म सेयर बजारमा लगानी गरेर धेरै कमाउने बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंक छ । बैंकले ४१ करोड ८३ लाख ४५ हजार रुपैयाँ कमाएको छ ।

दोस्रोमा ग्लोबल आईएमई बैंकले ३९ अर्ब २८ करोड ५४ लाख, स्टयाडर्ड चार्टर्ड बैंकले ३४ करोड ४३ लाख ६७ हजार, नबिल बैंकले ३३ करोड ४२ लाख ९० हजार रुपैयाँ आर्जन गरेको छ ।

पुस मसान्तसम्म आइपुग्दा सिद्धार्थ बैंकले २५ करोड २५ लाख ८६ हजार रुपैयाँ र कुमारी बैंकले २० करोड ६४ लाख ९८ हजार रुपैयाँ सेयर बजारमा लगानी गरेर आर्जन गरेको छ । यस्तै सेयर बजारमा लगानी गरेर सबैभन्दा थोरै कमाउने बैंकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । बैंकले ३ करोड ५२ लाख ४९ हजार रुपैयाँ कमाएको छ ।

बैंकले दुरसञ्चार कम्पनी, उत्पादन तथा प्रशोधन समूहका कम्पनी, जलविद्युत समूहका कम्पनी, बीमा कम्पनीको सेयर किन्न पाउनेछन् ।

केन्द्रीय बैंकले बैंकलाई गत जेठमै माइक्रोफाइनान्सको सेयर किन्न व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले संगठित संस्थाको सेयर, डिबेञ्चर वा सामूहिक लगानी कोषमा बढीमा आफ्नो प्राथमिक पुँजीको ३० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ ।


क्लिकमान्डु