नेपाल बङ्गलादेश बैंकद्वारा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन



काठमाडौं । नेपाल बङ्गलादेश बैंकले भोजपुर शाखाले भोजपुर बहुमुखी क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकले १७० जना विद्यार्थीलाई वित्तिय साक्षरता दिएको छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकको नगद रहित विद्युतिय भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य उक्त कार्यक्रम गरेको बैंकका शाखा प्रमुख विनोद पाण्डेले बताए ।

उनले विद्युतिय भुक्तानी प्रणालीको प्रयोग तथा उपदेयिताको बारेमा विद्यार्थीहरुलाई जानकारी गराए । हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा ब्त्ः बाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।


क्लिकमान्डु