नेपाल वेयर हाउसले आइपीओ निष्काशन गर्ने



काठमाडौं । नेपाल वेयर हाउस कम्पनीको तेस्रो साधारणसभा सम्पन्न भएको छ । यही पुस १ गते कम्पनीका अध्यक्ष आनन्तकुमार बगडियाको अध्यक्षतामा काठमाण्डौंमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र ०७८ असार मसान्तको वासलात सर्वसम्मतिले पारित गरेको छ ।

त्यसैगरी साधारणसभाले चगलु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गर्ने निर्णय गरेको छ ।

विशषे प्रस्ताव अन्तरगत कम्पनीको प्रवन्धपत्र संशोधन गने गरी अधिकृत पुँजी ७० करोड र जारी पुँजी ६८ करोड ७५ लबख रुपैयाँ पुर्याउाने सञ्चालक समितिको प्रस्ताव साधारणसभाले पारित गरेको छ । जसमध्ये कम्पनीले १३ करोड ७५ लबख रुपैयाँ आइपीओ निष्काशन गरी संकलन गर्ने भएको छ । आइपीओ निष्काशनका लागि कम्पनीले सम्बन्धित नियामक निकायमा प्रस्तबव पेश गर्नेछ ।

एभरेष्ट बैंकको सहवित्तीयकरणम अगुवाईमा निर्माण भइरहेको कम्पनीको सुनसरी, पर्सा र कपिलवस्तु कअर्याालयहरुबाट कुल ५५ हजार मेट्किटन अन्न भण्डारण हुनेछ । निम्बस ग्रुप, शिखर इन्स्योरेन्स, एनएमबि बैंक, श्रीनगर एग्रो फार्म, टीएएनए इन्भेष्टमेन्ट कम्पनी,, टिम भेञ्चर्स लगायतको लगानी रहेको यस कम्पनीमा थप केही व्वसायिक र वित्तीय संस्थाहरुले १५ करोड रुपैयाँ लगानी गरिसकेका छन् ।

कम्पनीले अन्न भण्डारणका अयतिरक्त वेयहाउस रिसिप्ट फाइनान्सिंग, अक्सन मार्केट सुविधा, बल्क टन्सपोटेसन, र वन स्टप एग्री सोलुसनलगायतका सुविधा उपलब्ध गराउने छ । निर्माणधिन ३ इकाइहरुमध्ये सुनसरीको औरावानीस्थित कअर्याालयबाट आगामी २ महिनाभित्र व्यावसायिक काम शुरु हुने कम्पानीले जनाएको छ ।


क्लिकमान्डु