इच्छाराज तामाङ विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता



काठमाडौं । ठगी आरोपमा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङ विरुद्ध शुक्रबार मुद्दा दर्ता गरिएको छ ।

सरकारी वकिल कार्यालयले तामाङ विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

यसअघि पटक–पटक गरी एक हजार ५२० जना निक्षेपकर्ताले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा उजुरी दर्ता गरेका थिए । उजुरी दर्तापछि ब्यूरोले आवश्यक अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेश गरेको थियो ।

शुक्रबार दिउँसो पानै ३ बजे तामाङ विरुद्ध मुद्दा दर्ता भएको हो । दर्ता नम्बर ०७८–सी१–०७९६ नम्बर रहेको छ ।

‘८ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ ठगीको आरोपमा तामाङ विरुद्ध आज अदालतमा मुद्दा दर्ता भएको छ,’ एक पीडित बचतकर्ताले भने ।

सिभिल बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुको निक्षेप ठगी गरेको आरोपमा तामाङ विरुद्ध मुद्दा दर्ता भएको हो ।

तामाङ गत असोज १८ गते ठगी आरोपमा पक्राउ परेका थिए ।


क्लिकमान्डु