धितोपत्र बोर्डका भिष्म ढुंगाना बर्खास्त



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानालाई सरकारले बर्खास्त गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदक बैठकलो ढुंगानालाई बर्खास्त गरेको हो । सर्वोत्तमा सिमेन्टको सेयर खरिद गरेको विषयमा ढुंगाना विवादमा तानिएका थिए ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत् आइपीओ जारी प्रक्रिया शुरु भएपछि ढुंगानाले अमेरिका बस्ने छोरी रेबिकाको नाममा १० हजार कित्ता सेयर किनेको भेटिएको हो ।

बुक बिल्डिङमार्फत् साढे ७ सय रुपैयाँमा सेयर बेच्ने घोषणा गरेको सर्वोत्तमको सेयर रेबिकासहित स्वार्थ गासिने व्यक्तिहरुले भने २५० रुपैयाँमै किनेको भेटिएपछि ढुंगाना विवादमा तानिएका हुन् ।

उक्त विषयमा सरकारले छानबिन समिति गठन गर्दै ढुंगानालाई निलम्बन गरेको थियो । साथै उक्त समितिले प्रतिवेदन बुझाउँदै ढुंगानालाई दोषी ठहर गरेको थियो ।

ढंगानाले यस विषयमा सर्वोच्च अदालतमा मुद्दा दर्ता समेत गरेका छन् । सेयर खरिदको विषयमा विवादमा तानिएपछि यसअघि नै नेप्सेका सीइओ चन्द्र साउँदले राजीनामा दिइसकेका छन् ।

तर, ढुंगाना भने आफ्नो पद जोगाउन राष्ट्रपति विद्या भण्डारीदेखि विभिन्न मन्त्री नेताका घरमा धाउँदै आएका थिए ।


क्लिकमान्डु