एफटीटीएचको पहुँच ५५ जिल्लामा पुग्यो, ५ जी सञ्चालन गर्ने तयारी



काठमाडौं । नेपाल टेलिकमले फाइबर टु दी होम (एफटीटीएच) सेवाको पहुँच ५५ जिल्लामा पुगेको जनाएको छ । सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल टेलिकमले प्रगति विवरण सार्वजनिक गर्दै ५५ जिल्लामा एफटीटीएचको पहुँच पुगेको जनाएको हो ।

टेलिकमका प्रवक्ता राजेश जोशीले अनुसार ५५ जिल्लाका १०८ वटा स्थानीय तहका १३५ स्थानहरूमा सेवाको पुगेको बताए । टेलिकमले उक्त एफटीटीएचको लागि ५ लाख ६४ हजारका लागि नेटवर्क जडान कार्य सम्पन्न गरेको छ । साथै जडान गरेको एफटीटीएचमार्फत् १ लाख ८० हजार ग्राहकका लागि सेवा लिइरहेको उनले बताए ।

टेलिकमले एफटीटीएच सेवा विस्तारको लागि हालसम्म ११ लाख ७४ हजार घरधुरीका लागि डिजिटल म्यापिङको काम भइसकेको जोशीको भनाइ छ ।

हाल टेलिकमले ४जीको आयोजना सम्पन्न भएपश्चात ४ स्थानमा ५जी परीक्षण सञ्चालन गर्ने तयारी गरेको छ । जोशीले फोरजी विस्तारको परियोजना सम्पन्न हुने चरणमा रहेको र यसै आर्थिक वर्षभित्र फाइभजी परीक्षणको तयारी रहेको बताए । साथै, ५ जी सञ्चालनका लागि नेपाल दूर प्राधिकरणमा अनुरोधपत्र पठाएको टेलिकमले जनाए ।

त्यस्तै टेलिकमले आर्थिक वर्ष २०७८/७९ मा ५जीको परीक्षण सम्पन्न गरी व्यवसाकि सञ्चालन गर्ने तयारी गरेको छ । सबै स्थानीय निकायहरूमा डिजिटल एजुकेशन, टेली-मेडिसिन, ई-गोभर्नेन्सलाई सहयोग हुनेगरी ५जीको सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने तयारी रहेको जोशीले बताए ।

‘चालु आवमा टेलिकमले ग्रामीण दुरसञ्चार विकास कोषमार्फत् प्रदेश १,२, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशहरू अन्तगर्गत मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्क प्रविधिमार्फत् सूचना महामार्ग निर्माणको आयोजना सम्पन्न गर्ने भएको छ,’ जोशीले भने ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कार्यक्रममा बोल्दै आागामी दिनमा टेलिकमका ग्राहकका लागि ‘फ्री वाईफाई’ खोज्दै हिँड्नुपर्ने बाध्यताको अन्त्य हुने बताए ।

हाल टेलिकमले विभिन्न सस्तो मूल्यमा सेवा सुविधा प्रदान गर्दै आएकाले निकट भविष्यमै टेलिकमको ग्राहकले फ्री वाईफाई खोज्दै हिड्नुपर्ने बाध्यता अन्तय गर्ने दाबी गरे ।

टेलिकमले चालु आवमा दूरसञ्चारको पूर्वाधार सहयोग नीति कार्यान्वयन गर्ने, डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनको लागि देशव्यापी रुपमा ब्रोर्डब्यान्ड इन्टरनेट उपलब्ध गराउन आवश्यक पूर्वाधार निर्माण गर्ने, मोबाइल फाइनान्स सेवा देशव्यापी रुपमा सञ्चालन गर्ने, पेपरलेस अटोमेशन लागु गर्ने, विद्युतीय टप-अप लाई प्राथमिकता दिने, इन्टरनेट सेवालाई थप सर्वसुलभ गराइनेमा जोड दिएको छ ।


क्लिकमान्डु