सर्वोच्चको आदेशले हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित, कुलमानलाई धक्का

0
Shares

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्न आदेश दिएको छ ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पुनर्स्थापित गर्न आदेश दिएको हो ।यो आदेशसँगै हितेन्द्रदेव शाक्य नेपाल विद्युत् प्राधिकरणमा पुनस्र्थापित भएका छन् । सर्वोच्चको यो आदेशले जेनजी आन्दोलनको बलमा ऊर्जा मन्त्री भएका कुलमान घिसिङको शाक्यलाई हटाउने निर्णयमा धक्का लागेको छ

घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेर उनको ठाउँमा मनोज सिलवाललाई ल्याएका थिए । घिसिङको निर्णय विरुद्ध शाक्य सर्वोच्च अदालत गएका थिए ।

शाक्यले आफूलाई प्राधिकरणबाट हटाएको विरोधमा गत कात्तिक १७ गते नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार समेत ८ जनालाई विपक्षि बनाएर सर्वोच्च अदालत गएका थिए । उनको यो मुद्दामा सर्वोच्चले रिट जारी गरेसँगै यस अघिको हितेन्द्र शाक्य र कुलमानको मुद्दाको भने रिट खारेज गरिदिएको छ ।