डेडिकेटेड-ट्रंकलाइनको महशुल तिर्नुपरे उद्योग बन्द गरेर सरकारलाई चाबी बुझाउँछौंः व्यवसायी



C

काठमाडौं । डेडिकेटेड–ट्रंकलाइनको वक्यौता विद्युत् महशुल तिर्नुपरे उद्योग व्यवसाय बन्द गरेर सरकारलाई चाबी बुझाउने निजी क्षेत्रले चेतावनी दिएको छ ।

शुक्रबार प्रेश विज्ञप्ति जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशले वक्यौता महशुल तिर्नुपर्ने अवस्था आएमा उद्योग व्यवसाय बन्द गरेर सरकारलाई जिम्मा लगाउने जनाएको हो ।

नेपाल विद्युत् प्राधिकरणले २०७२ सालदेखि डेडिकेटेड–ट्रंकलाइनको बक्यौता विद्युत् महशुल उठाउन सकेको छैन ।

लुम्बिनी प्रदेशमा बुटवल–भैरहवा औद्योगिक करिडोरमा करिब दुई दर्जन उद्योगहरुले डेडिकेटेड–ट्रंकलाईन विद्युत् प्रयोग गरेका थिए ।

ती उद्योगले तिर्न बाँकी बक्यौता महशुल असार मसान्तभित्रै तिरिसक्न भन्दै प्राधिकरणले असार ११ गते पत्र पठाएको थियो । तर उद्योगीहरुले भने आफूहरुले त्यो सुविधा नलिएकाले महशुल पनि नतिर्ने बताउँदै आएका छन् ।

‘नेपाल विद्युत प्राधिकरणको भैरहवा वितरण केन्द्र, नयाँमिल वितरण केन्द्र र बुटवल वितरण केन्द्रले हाल मिति २०७८ असार ११ मा ‘ट्रंकलाइन तथा हालसम्मको वक्यौता सम्बन्धमा’ विषय भएको पत्र जारी गरेको र सो पत्रमा वक्यौता रकम तथा सो उपरको जरिवाना २०७८ असार मसान्तभित्र बुझाउन अथवा नियमानुसार कारबाही हुने व्यहोरा उल्लेख भएकाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ बिज्ञप्तिमा भनिएको छ ।

महामारीको बेला उद्योगहरुलाई प्रोत्साहन हुनेगरी सरकारले नीति नियम तर्जुमा तथा व्यवहारमा सोही सामित्यता देखिनु पर्नेमा दुख दिने, सताउने र दुरुत्साहन गर्ने खालका क्रियाकलाप भएको पनि विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु