चर्चित स्वीस बैंकमा कसरी खोल्न सकिन्छ खाता ? कति लाग्छ शुल्क ?



काठमाडौं । व्यक्तिगत विवरण नदिने भएकाले संसारभर नै स्वीस बैंकलाई सुरक्षित मानिन्छ ।

पछिल्लो विवरण अनुसार सो बैंकमा नेपालीले ४६ अर्ब ६४ करोड ३५ लाख ३१ हजार २५१ बराबर रकम जम्मा गरेको पाइएको छ ।

सो बैंकमा नेपालीको बचत सन् २०१९ सम्ममा २२ अर्ब ७३ करोड ४० लाख ९९ हजार ८ सय १० रुपैयाँ थियो । सन् २०२० मा त्यो बढेर ४६ अर्ब ६४ करोड ३५ लाख ३१ हजार २ सय ५१ रुपैयाँ बराबर पुगेको छ ।

सो रकम कसो र कति नेपालीको हो भन्ने बारेमा कुनै विवरण सार्वजनिक छैन । सो बैंकले बचतकर्ताको विवरण गोप्य राख्ने गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार स्वीस नेशनल बैंकले नेपालसहित विश्वभरका नागरिकको के कति मौज्दात छ भनेर विवरण सार्वजनिक गर्ने गरेको छ ।

सन् १९९६ देखि २०२० सम्म नेपालीले ६६ अर्ब १९ करोड २६ लाख रुपैयाँ जम्मा गरेका छन् । नेपालीले सो बैंकमा राखेको रकम बेला बेला झिक्ने गरेको पाइएको छ ।

सो बैंकका के कसरी खाता खोल्न सकिन्छ भन्ने विषय समेत यसमा जोडिएर आउँछ नै । बेला बेलामा सो बैंकमा राखिएको पैसा नेपाल फिर्ता ल्याउने विषयमा समेत चर्चा परिचर्चा हुने गरेको छ ।

सार्वजनिक खपतका लागि त्यस्ता विषयमा भाषणबाजी गरिन्छ । सम्पत्ति शुद्धिकरणको विषय पनि यसमा जोडिएर आउँछ ।

कालो धन फिर्ता ल्याउने भनिए पनि काम भने भएको छैन । तर, सो बैंकका के कसरी खाता खोल्न सकिन्छ भन्ने बारेमा यहाँ जानकारी दिने प्रयास गरिएको छ ।

नेपाल जस्तै, भारतीयको समेत सो बैंकमा ठूलो मात्रामा पैसा गरेको पाइएको छ । सन् २०२० मा २० हजार ७०० करोड भारु बराबर रहेको छ ।

बेला बेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत विदेशमा रहेको कालो धन फिर्ता ल्याउने भाषण गरेर निर्वाचन जितेका थिए । तर, उनी प्रधानमन्त्री भएपछि झनै स्वीस बैंकमा पैसा राख्नेको संख्या र मात्रामा गुणात्मक वृद्धि भएको देखिन्छ ।

सो बैंकका खाता खोल्नका लागि १८ वर्षभन्दा माथिका जो कोही पनि योग्य हुन्छन् ।

अनलाइन बैंकिङका लागि  इमेल वा बेवसाइटबाट पनि आवेदनका लागि अनुरोध गर्न सकिन्छ । यसरी गरिएको अनुरोधका आधारमा बैंकका एक प्रतिनिधिलाई अर्लट गरिन्छ । ती प्रतिनिधिले खाता खोल्न चाहने व्यक्तिलाई सबै प्रक्रियाका बारेमा गाइड गर्ने व्यवस्था छ ।

त्यसका लागि भ्यालिड पासपोर्ट दिनु जरुरी हुन्छ । यस्तै, स्वीस बैंकको शाखा भारतमा समेत भएकाले सक्कली पासपोर्ट दिन पनि सकिन्छ । यस्तै, कुन स्रोतबाट आएको पैसा हो, त्यसको समेत जानकारी दिनुपर्छ । त्यो भनेको तपाईंको कमाई नोकरीबाट आएको हो वा व्यापार केबाट कमाई भएको स्पष्ट भन्नुपर्ने प्रावधान हाल राखिएको छ ।

यस्तै, खातावालाको जानकारी राख्नका लागि एक भेरिफिेकशन पनि आवश्यक रहन्छ । त्यति भएपछि बैंकले भेरिफिकेशन कोड अर्थात् कन्फर्मेशन कोड उपलब्ध गराउँछ ।

सो बैंकका खाता खोल्नका लागि न्यूनतम १ हजार अमेरिकी डलर आवश्यक पर्दछ । त्यस्तै, अन्तर्राष्ट्रिय रुपमा हुने कारोबारका लागि इन्टरनेशन ट्रान्जिक्सन शुल्क समेत लिन्छ । भारतमा यो बैंकको खाता खोल्नेले अकाउण्ट सञ्चालनका लागि समेत शुल्क तिर्नुपर्दछ । यस्तो शुल्क ५ देखि १० डलर गरेर वार्षिक रुपमा तिर्नुपर्दछ ।

क्रेडिट कार्ड वा डेविड कार्डका लागि १६ हजार रुपैयाँसम्म तिर्नुपर्दछ । यस्तै, वार्षिक रुपमा मेन्टिनेन्स शुल्कका रुपमा शुल्क लिइन्छ । त्यो शुल्क हरेक कारोबारमा ८० रुपैयाँ बराबर पर्न जान्छ ।

सो बैंकका खाता खोल्न जाने व्यक्तिको खास पहिचान हुँदैन । बैंकले एउटा निश्चित नम्बर दिन्छ ।

जस्तै, ‘क’ बहादुर नामको व्यक्तिले सो बैंकका खाता खोल्यो भने बैंकले मिस्टर ८२८५ कुलब्वाई नाम दिन्छ ।

बैंकमा खास बैंक खातावालाको नाम तथा उसको गोपनीयता भने बैंकसँग मात्रै रहन्छ । जबकी बैंकका अन्य कुनै कर्मचारीले पनि खातावालाको नाम थाहा पाउँदैनन् ।

सो बैंकका खाता खोल्ने काम आफैमा मुस्किलको काम हो । स्वीट्जरल्याण्डमा नै गएर खाता खोल्नुपर्यो भने १ लाख अमेरिकी डलर आवश्यक पर्दछ । अकाण्ट मेन्टिनेम्सका लागि ३०० अमेरिकी डलर लाग्दछ ।


क्लिकमान्डु