हिमालयन बैंकले यसपटक पनि सेयरधनीलाई लाभांश नदिने


काठमाडौं । हिमालयन बैंकले यसपाली पनि सेयरधनीलाई लाभांश नदिने भएको छ ।

बैंकको पुस ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंकले लगातार पछिल्लो ३ बर्षदेखि सेयरधनीलाई लाभांश दिएको छैन । बैंकले पछिल्लो समय आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट सयरधनीलाई ११.११ प्रतिशत नगद लाभांश दिएको थियो । त्यसयता सेयरधनीको हात खाली हुँदै आएको छ ।

यसपाली पनि बैंकले

गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने जनाएको छ ।
बैंकले उक्त निर्णय वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि सो वित्तीय विवरण बैंकको आगामी वार्षिक साधारण सभामा अनुमोदनका लागि पेश गरिने छ ।