
काठमाडौं । पानीपोखरीस्थित वालनट बिस्ट्रो रेष्टुरेन्टले दैनिक तथा नयाँ आउने ग्राहकलाई लक्षित गरेर खानामा विन्टर अफर ल्याएको छ ।
रेष्टुरेन्टले दैनिक बिहान साढे ९ बजेदेखि दिउँसो ३ बजेसम्म ‘ह्याप्पी आवर’ अफरमा मटन,चिकन र भेज खानामा २५ प्रतिशत छुटसहितको अफर सार्वजनिक गरेको हो ।
ह्याप्पी आवरको खानामा २५ प्रतिशत छुट भएपछि मटन खाना ५६२ रुपैयाँ, चिकन खाना ४८७ र भेज खाना ४४९ रुपैयाँमा पाइने भएको छ । रेष्टुरेन्टमा मटन,चिकन र भेज खानाको साथै अन्य परिकार पनि उपलब्ध रहेको निर्देशक आकाश पौडेलले जानकारी दिए । यो अफर रेष्टुरेन्टमा ४ वर्षदेखि जारी रहेको छ ।
उनका अनुसार ह्याप्पी आवरबाहेक मटन खाना ७४९ रूपैयाँ, चिकन खाना ६४९ र भेज खाना ५९९ रूपैयाँ रहेको छ । ‘खानाको स्वाद नमिठो लागेमा खाना नि: शूल्क खान पाइनेछ,’ पौडेलले भने ।
त्यसैगरी, रेष्टुरेण्टले हालै ‘लिटल फ्री लाइब्रेरी’ (सानो निःशुल्क पुस्तकालय) नौलो अभियानको सुरुवात गरेको छ। जसअन्तर्गत कोही ग्राहकले पुस्तक निःशुल्क लिन सक्ने र आफ्नै पुस्तक राखिदिन सक्ने व्यवस्था गरिएको छ।
रेस्टुरेन्टको प्रवेशद्वार नजिकै राखिएको यो सानो तर आकर्षक पुस्तकालय बाकसमा साहित्य, कविता, यात्रा विवरण, जीवनीदेखि बालसाहित्यसम्मका विविध पुस्तकहरू उपलब्ध हुनेछन्। ‘ पुस्तक छोड र पुस्तक लिएर जाउ ‘ अर्थात् ‘एउटा लिनुस्, एउटा राखिदिनुस्’ भन्ने अवधारणामा आधारित यो अभियानले पुस्तक आदानप्रदानमार्फत पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यसहित पुस्तकालय सञ्चालनमा ल्याइएको रेष्टुरेण्टले सञ्चालनमा ल्याएको हो ।
ग्राहकहरूलाई भोजनभन्दा बढी ज्ञानको अनुभव दिने लक्ष्य लिएको छ। ‘हामी मान्छेहरूलाई जोड्ने ठाउँ बन्न चाहन्छौं,’ रेष्टुरेन्टले बताएको छ, ‘खाद्यान्न मात्र होइन, विचार, कथा र अनुभवको आदानप्रदान हुने स्थान बनाउने हाम्रो प्रयास हो।’
रेष्टुरेण्टले यसअघि नै ‘गुणस्तर र सन्तुलन’ लाई आफ्नो खाद्य दर्शनको रूपमा लिँदै, स्थानीय रूपमा उत्पादित ताजा सामग्रीहरू प्रयोग गरेर नेपाली पारम्परिक व्यञ्जन ‘दाल भात तरकारी’ का विभिन्न (वेज, चिकन, मटन, फिस वा ट्राउट) सेवा दिँदै आएको छ।
पुस्तकालयको यो पहलले स्वाद, संस्कृति र सिर्जनशीलताको सम्मिश्रणमार्फत ग्राहकहरूलाई अझै गहिरो अनुभव दिलाउने अपेक्षा गरिएको छ।








प्रतिक्रिया