बुधबार प्रि-ओपनमा २२.३६ अंकले बढ्यो, ७१ कम्पनीको मूल्य बढ्यो



काठमाडौं । बुधबारका प्रि-ओपनमा सेयर बजारमा हरियाली छाएको छ । प्रि-ओपनमा २२.३६ अंकले बढेर नेप्से परिसूचक २८१६.२६ अंकमा पुगेको छ । यो हालसम्मकै सबैभन्दा उच्च अंक हो ।

प्रि–ओपनिङ सेसनमा ७९ वटा कम्पनीको कारोबार भएको छ । जसमा ७१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४ वटा कम्पनीको मात्रै घटेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि–ओपनमा तारागाउँ रिजेन्सी होटल र अरुण भ्याली हाइड्रोको सेयर ५ प्रतिशतले बढेको छ भने अन्य कम्पनीको सेयर मूल्यमा पनि भारी वृद्धि देखिएको छ ।


क्लिकमान्डु