सेयर बजारमा राष्ट्र बैंकको नयाँ व्यवस्था, सेयर धितोमा १८० दिनको औसतमा ७०% कर्जा पाइने



काठमाडौं । सेयर धितोमा पाइने कर्जाको सीमा ७० प्रतिशतलाई यथावत राखिने भएको छ । मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले यसअघि कायम ७० प्रतिशतको सीमालाई यथावत राख्ने निर्णय गरेको हो ।

‘बैंक तथा वितीय संस्थाहरुले प्रवाह गर्ने कर्जामध्ये शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सुरक्षण बापत् शेयरको मूल्याङ्कन गर्दा पछिल्लो १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ सोको आधारमा गणना गर्ने व्यवस्था मिलाई उक्त मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्थालाई निरन्तरता दिइएको छ,’ समीक्षामा भनिएको छ ।

यसअघि बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जामध्ये शेयरको धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको सुरक्षण बापत् शेयरको मूल्याङ्कन गर्दा पछिल्लो १२० दिनको अन्तिम मूल्यको औसत हुने व्यवस्था थियो ।

# यसअघि प्रकाशित समाचारको हेडलाइन अन्यथा भएकोले सच्चाइएको छ । सम्पादक


क्लिकमान्डु