संवैधानिक परिषदको बैठक शुरु



काठमाडौं । संवैधानिक परिषदको बैठक शुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै प्रधानन्यायाधीश चालेन्द्र शमसेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि सहभागी छन् ।

आजको बैठकले संवैधानिक आयोगहरुमा रिक्त पदाधिकारीहरुको नियुक्तीको सिफारिस गर्ने सम्भावना छ ।

हाल लोकसेवा आयोग पदाधिकारीबिहीन छ भने अख्यिार दुरुपयोग अनुसन्धान आयोगमा २ वटा आयुक्त पद रिक्त छ ।त्यसैगरी महिला आयोगसहित अन्य केही संवैधानिक आयोगमा पनि पदाधिकारी पद रिक्त छ ।


क्लिकमान्डु