शोभाकान्त ढकाललाई छाड्नेबारे न्यायाधीशको राय बाझियो, पूर्ण इजलासमा जाने



काठमाडौं । बालुवाटार जग्गा प्रकरणका अभियुक्त शोभाकान्त ढकाललाई थुनामुक्त गर्ने कि नगर्ने भन्ने विषयमा न्यायाधीशबीच रायबाझी हुँदा मुद्दा पूर्ण इजलासमा जाने भएको छ ।

शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईबीच रायबाझी हुँदा मुद्दा पूर्ण इजलासमा गएको हो ।

विशेष अदालतको आदेशमा थुनामा रहेका ढकालले दिएको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ भएको थियो । आजै विशेष अदालतको आदेशमा थुनामा रहेका दीप बस्न्यातलाई भने ५ लाख धरौटीमा थुनामुक्ता गर्न सर्वोच्चले आदेश दिइसकेको छ ।
अब ढकालको उक्त मुद्दा पूर्ण इजलासबाट हुने भएको छ ।


क्लिकमान्डु