बालुवाटार जग्गा प्रकरणका अभियुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्चको आदेश



काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा थुनामा रहेका अख्यिारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई ५ लाख धरौटीमा छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बस्न्यातले यसअघि आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको मंसिर २८ गतेको आदेश आधारहीन र प्रमाणहीन हुनुका साथै उक्त आदेशका कारण आफ्नो संविधान प्रदत्त मौलिक हकमा आघात पुगेको दावी गर्दै सर्वोच्च अदालत गएका थिए ।

बस्न्यातले विशेष अदालतले लगाएको कसुरमा कुनै संलग्नता दिखने प्रमाण नहरेको र आफू ६९ वर्षको हुनुका साथै मुटुको रोगी समेत भएको उल्लेख गरेका थिए । उनले अहिले आफूलाई कोरोना संक्रमण भइ चाबहिलको ओम अस्पतालको हाइ केयर युनिटमा राखेर उपचार गरिरहेको पनि बताएका थिए ।

बालुवाटारको ललिता निवासको जग्गामा व्यक्तिको नाममा नामसारी गराउने काममा तत्काली भौतिक पूर्वाधार मन्त्रालयको सचिवको हैसियतमा संलग्न रहेको भन्दै विशेष अदालतले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको थियो ।

बस्न्यातविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ साल माघ २२ गते ९ करोड ६५ लाख रुपैयाँ बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


क्लिकमान्डु