थप ५० लाख कोभिसिल्ड खोप खरिद गर्ने अवस्था छैनः स्वास्थ्यमन्त्रालय



काठमाडौं । कोभिड १९ विरुद्धको खोप निर्माण गरिरहेको भारतीय कम्पनी सेरम ईन्सटिच्युट ईन्डियाले नेपाललाई थप खोप उपलब्ध गराउन नसक्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै भारतीय कम्पनीले कोभिड खोप उपलब्ध गराउन नसक्ने बताएको जनाएको छ ।

सेरमसँग नेपालले कोभिशिल्ड खोप २० लाख डोज ४ डलरमा खरिद गर्न गरेको सम्झौता गरेको थियो । त्यसमध्ये १० लाख डाेज प्राप्त गरिसकिएको छ। बाँकी १० लाख डोज खोप भने नेपालले तत्काल नपाउने देखिएको छ ।

‘वर्तमान विश्व परिस्थिति र भारतको अवस्थाले सेरम ईन्सटिच्युट ईन्डियाले नेपाललाई खोप आपूर्ति गर्नु आफ्नो प्राथमिकता रहेको तर सो कम्पनीमा भएको आगलागी र क्षमता विस्तारमा अवरोध भएकोले क्षमता विस्तार हुने बित्तिकै आपूर्ति गर्ने जानकारी दिएको छ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।

‘थप ५० लाख मात्रा कोभिसिल्ड खोप खरिद गर्ने अवस्था हाललाई रहेको छैन ।’

सरकारले अन्य कम्पनीका खोप प्राप्त गर्न कुटनैतिक तथा अन्य माध्यमबाट प्रयास गरिरहेको पनि मन्त्रालयले जनाएको छ।


क्लिकमान्डु