लक्ष्मी बैंकको खुद नाफामा १८.१८ प्रतिशतको वृद्धि, अन्य सुचक कस्ता ?



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लक्ष्मी बैंकको खुद नाफा १८.१८ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षको चैत मसान्तमा १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन चालु आवको सोही अवधिमा १९ करोड रुपैयाँले थप भइ १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

बैंकद्वारा सार्वजनिक चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ८४ करोड १६ लाख रुपैयाँ वितरण योग्य मुनाफा आर्जन गरेको उल्लेख छ ।

यसैगरी, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेप संकलनतर्फ ८.३८ प्रतिशतले र कर्जा प्रवाहतर्फ १६.२८ प्रतिशतले वृद्धि गरेको छ । बैंकले चालु आवको चैत मसान्तसम्म १ खर्ब ६ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत आवको सोही अवधिमा बैंकले ९८ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकले चालु आवको चैत मसान्तसम्म २ अर्ब ३५ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९.८८ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

तर, सो अवधिमा बैंकको सञ्चालन आम्दानी भने १८.१८ प्रतिशतले वृद्धि भएको छ । गत आवको चैत मसान्तसम्म १ अर्ब ८ करोड ९९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब २८ करोड ८० लाख रुपैयाँ पुर्याएको छ ।

यसैगरी, सो अवधिमा बैंकको खराव कर्जा अनुपात ०.७१ प्रतिशत, बेसरेट ६.७९ प्रतिशत, स्प्रेडरेट ३.५९ प्रतिशत, सीसीडी रेसीयो ७८.५१ प्रतिशत, प्रतिसेयर आम्दानी १६ रुपैयाँ ०६ पैसा, प्रतिसेयर मूल्य ३ सय १५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १ सय ५२ रुपैयाँ ०२ पैसा र पुँजी कोष अनुपात ११.७२ प्रतिशत रहेको छ ।


क्लिकमान्डु