देशभरका विद्यालय बन्द गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । आजै काठमाडौं उपत्यका वैशाख १६ गते विहान ६ बजेदेखि २२गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय समेत गरेको छ ।
बैठकले पहाडी जिल्लामा २०० भन्दा बढि संक्रमित भेटिए निषेधाज्ञा जारी गर्ने निर्णय समेत गरेको छ । यसको जम्मेवारी स्थानीय प्रशासनलाई दिइएको छ ।
त्यसैगरी बैठकले नेपाल–भारत सीमाना पनि बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय भारतमा तीव्र गतीमा कोरोना संक्रमित बढ्नथालेपछि नेपालीहरु फर्कने क्रम बढेको थियो ।
त्यसैगरी हवाई उडानको हकमा भने रोक्ने वा नरोक्ने भन्ने विषयमा कुनै पनि निर्णय गरिएको छैन ।
काठमाडौं उपत्यकाको हकमा बिहान १० बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खाद्यान्न पसल खुल्नेछन् । त्यसबाहेक अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय समेत गरिएको छ ।