बिश्व मोहन अधिकारी ग्रिन डेभलपमेण्ट बैकको संचालकमा



काठमाडौं । तत्कालिन ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी ग्रिन डेभलपमेन्ट बैंकका संचालक नियुक्त भएका छन् । उनलाई बैंकको चैत्र २८ गते सम्पन्न साधारणसभाले सर्वसाधरण शेयरधनीहरुको तर्फबाट सर्वसम्मत रुपमा चयन गरेको हो ।

अधिकारी बिगत २५ बर्ष देखि बैंकिङ क्षेत्रमै आवद्ध रहेका छन् । उनी साविक सिटी डेभलपमेण्ट बैंक र ‌ओम डेभलपमेण्ट बैंकमा १३ बर्षसम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए।

बैंकका अध्यक्ष गणेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको सो साधरण सभा समक्ष पेश गरिएको ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव, २०७६र०७७ को वित्तीय विवरण लगायतका प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको थियो ।


क्लिकमान्डु