नुवाकोटको बेलकोटगढीमा प्रभु बैंकको शाखा



काठमाडौं । प्रभु बैंकले बुधबारदेखि नुवाकोटको वेलकोटगढी नगरपालिका वडा नं. ०७ स्थित महादेवफाँटमा आफ्नो २१४औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उदघाटन प्रमुख वाग्मति प्रदेशका मुख्य सचेतक केशवराज पाण्डेले गरे ।

सो अवसरमा पाण्डेले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताए ।

यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महादेवफाँट शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।


पुष्प दुलाल