सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढ्यो
काठमाडौं । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार १३ सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँ कायम भएको थियो भने बुधबार ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १३ सय रुपैयाँ थियो भने बुधबार १० रुपैयाँ बढेर १३ सय १० रुपैयाँ मूल्य कायम भएको छ ।