साढे २ अंकले बढ्यो नेप्से




काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.६८ अंकले बढेको छ । मंगलबार नेप्से २.६८ अंकले बढेर २६६४.६१ विन्दुमा पुगेको छ । क वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.५ प्रतिशतले बढेको छ ।

आज बजारमा २१६ कम्पनीको ६५ हजार ७९३ पटक सेयर खरिद बिक्री भएको छ । १ करोड २३ लाख ६९ हजार ५०१ कित्ता खरिद बिक्री हुँदा ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार बैंकिङ, सामूहिक लगानी कोष र लगानी उपसमूहको सेयर मूल्य घटेको छ । ९ वटा उपसमूहको भने सेयर मूल्य बढेको छ । महिला लघुवित्त वित्तीय संस्था र यूनाईटेड मोदी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


क्लिकमान्डु