प्रभु बैंकका अध्यक्ष सिटौलाले गभर्नरसँग सपथ लिए



काठमाडौं । प्रभु बैंकका नवनियुक्त अध्यक्ष लिलाप्रकाश सिटौलाले पद तथा गोपनियताको सपथ लिएका छन् ।

अध्यक्ष सिटौलालाई राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार सपथ गराए ।

बैंक सञ्चालक समितिको बैठकले सिटौलालाई गत शुक्रबार अध्यक्षमा चयन गरेको थियो । प्रभु बैंकको अध्यक्ष पदबाट देवीप्रकाश भट्चन बाहिरिएपछि अध्यक्ष पद खाली थियो ।

सिटौलालाई गत चैत २३ गते बैंक सञ्चालक समितिले स्वतन्त्र सञ्चालकमा नियुक्ति रहेको थियो ।

प्रभु बैंकको अध्यक्ष बन्ने गरेर स्वतन्त्र संचालकमा लिलाप्रकाश सिटौला नियुक्त, २५ वर्षको अनुभव

कृषि विकास बैंकमा २०७१ साल मंसिर २८ देखि २०७५ साल मंसिर २७ सम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । कृषि विकास बैंकलाई डिजिटल प्रणालीमा लैजान सिटौलाको मुख्य भूमिका सीइओको रुपमा खेलेका थिए ।

नेपाल राष्ट्र बैंकमा उनले करिब २५ वर्ष काम गरेका छन् । उनले कार्यकारी निर्देशकबाट अवकास पाएका हुन् ।

राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएपछि सिटौला कृषि विकास बैंकको सीइओमा नियुक्त भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका सिटौलासँग राष्ट्र बैंकको पहलमा खोलिएको पूर्वान्चल ग्रामिण विकास बैंकको सीइओको रुपमा काम गरेको अनुभव छ ।

यसबाहेक सिटौलाले कर्जा सूचना केन्द्रको अध्यक्ष तथा,बीमा संस्थान तथा नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा संचालक रुपमा काम गरेका छन् । नेपाल बैकर्स संघको कार्यसमिति सदस्यको रुपमा पनि सिटौला काम गरेका छन् ।


पुष्प दुलाल