प्रभु बैंकको अध्यक्ष बन्ने गरेर स्वतन्त्र संचालकमा लिलाप्रकाश सिटौला नियुक्त, २५ वर्षको अनुभव



काठमाडौं । प्रभु बैंकको स्वतन्त्र संचालकमा लिलाप्रकाश सिटौला नियुक्त भएका छन् । सोमबार बसेको संचालक समितिको बैठकले सिटौलालाई स्वतन्त्र संचालकमा चयन गरेको हो ।

प्रभु बैंकको अध्यक्ष पदबाट देवीप्रकाश भट्चन बाहिरिएपछि अध्यक्ष पद खाली थियो । अब बस्ने संचालक समितिको बैठकले सिटौलालाई अध्यक्ष पदमा नियुक्त गर्ने बैंक स्रोतले जानकारी दियो ।

कृषि विकास बैंकमा २०७१ साल मंसिर २८ देखि २०७५ साल मंसिर २७ सम्म प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । कृषि विकास बैंकलाई डिजिटल प्रणालीमा लैजान सिटौलाको मुख्य भूमिका सीइओको रुपमा खेलेका थिए ।

नेपाल राष्ट्र बैंकमा उनले करिब २५ वर्ष काम गरेका छन् । उनले कार्यकारी निर्देशकबाट अवकास पाएका हुन् ।

राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएपछि सिटौला कृषि विकास बैंकको सीइओमा नियुक्त भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका सिटौलासँग राष्ट्र बैंकको पहलमा खोलिएको पूर्वान्चल ग्रामिण विकास बैंकको सीइओको रुपमा काम गरेको अनुभव छ ।

यसबाहेक सिटौलाले कर्जा सूचना केन्द्रको अध्यक्ष तथा,बीमा संस्थान तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा संचालक रुपमा काम गरेका छन् । नेपाल बैकर्स संघको कार्यसमिति सदस्यको रुपमा पनि सिटौला काम गरेका छन् ।


क्लिकमान्डु