क्यूआर कोडबाट हुने भुक्तानी बढ्यो, एक महिनामा २ अर्ब बढीको कारोबार

क्लिकमान्डु २०७७ चैत ३० गते १९:०१ मा प्रकाशित

काठमाडौं । पछिल्लो समय क्यूआर कोड स्यक्यान गरी भुक्तानीको चलन बढेको छ ।

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई बढावा दिएसँगै कारोबार संख्या र रकम बढेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार फागुन महिनामा मात्रै हालसम्म कै सबैभन्दा बढी २ अर्ब ५ करोड ५० लाख रुपैयाँ क्यूआर कोड स्क्यानबाट रकम भुक्तानी भएको छ ।

कारोबार रकमका आधारमा अन्य महिनाको तुलनामा यो सबैभन्दा धेरै हो । जबकी यो रकम माघ महिनामा १ अर्ब ७१ करोड २० लाख, पुस महिनामा १ अर्ब २४ करोड ५० लाख, मंसिर महिनामा १ अर्ब २५ करोड ६० लाख रकम भुक्तानी भुक्तानी भएको थियो ।

त्यसैगरी कारोबार संख्याका आधारमा फागुन महिनामा हालसम्मकै सबैभन्दा बढी ६ लाख ३५ हजार ७३८ वटा कारोबार भएका छन् । जबकी माघ महिनामा यस्तो संख्या ५ लाख ३५ हजार ७९० थियो ।

त्यसैगरी पुस महिनामा ३ लाख ७२ हजार १७६, मंसिर महिनामा ३ लाख ४३ हजार ५७४ र कात्तिक महिनामा २ लाख ४१ हजार ८१८ वटा कारोबार क्यूआर कोड स्क्यान गरी भएका थिए ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स