डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा प्रद्युमन पोखरेल



काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल निर्वाचित भएका छन् । एशोसिएसन मंगलबार सम्पन्न १५औं वार्षिक साधारण सभाले उनलाई सर्बसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । यस अघि एशोसिएसनमा अध्यक्ष गरिमामा विकास बैंकका कार्यकारी अधिकृत गोविन्द ढकाल थिए ।

सभामा अन्य पदाधिकारीहरुलाई समेत सर्वसम्मतीबाट निर्वाचित भएका छन् । चैत २४ गते कसरा रिसोर्ट, पटीहानी २, भरतपुर, चितवनमा सम्पन्न एशोसिएसनको साधारण सभाले उपाध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका सीइओ सुयोग श्रेष्ठ प्रमुख कार्यकारी

सचिवमा महालक्ष्मी बिकास बैंकका सीइओ बोधराज देवकोटा , कोषाध्यक्षमा कामना सेवा बिकास बैंक सीइओ प्रविण बस्नेत सर्बसम्मत निर्वाचित भएका छन् । साथै, सदस्यहरुमा नरेश सिंह बोहरा, प्रकाश पौडेल, प्रकाश पौडेल, श्रीचन्द्र भट्ट, नविन सुवेदी र उमेश कुमार आचार्य निर्वाचित भएका छन् । नवनियुक्त कार्य समितिका पदाधिकारीहरुले सपथ ग्रहण गरी कार्यभार समेत सम्हाली सकेका छन् ।

नवनिर्वाचित अध्यक्ष पोखरेलले आफ्नो कार्यकारलमा विकास बैंकहरु विकास र विस्तारका लागि कटिबद्ध हुने बताए । हिजोको दिनमा ९० को संख्यामा रहेका विकास बैंकहरु मर्जर र प्राप्तीमा समावेश भएर १९ मा भर्दा पनि मार्केट सेयरका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु आजका बिकास बैंकहरुको उपलब्धि भएको उनको भनाइ छ ।

यसअघि एशोसिएसनको उपाध्यक्ष रहँदा विकास बै.कहरुको लागि नियामक निकायसँग समन्यव र सहजिकरण गरेको हुँदा भविष्यमा त्यसलाई निरन्तरता दिने उनले प्रतिवद्धता गरे ।


पुष्प दुलाल