नेप्से हालसम्मकै उच्च बिन्दुमा, ४ कम्पनीको शेयरमा सर्किट



काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार नेप्से १५.७२ अंकले बढेर २६७४.४६ बिन्दुमा पुगेको हो । क वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.३४ अंकले बढेको छ ।

कूल २१३ कम्पनीको सेयर ८१ हजार ७५३ पटक करोबार भएको छ । १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता कारोबार हुँदा ७ अर्ब ४७ करोड ७७ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

७ वटा उपसमूह बढेको छ भने ६ वटा उपसमूह घटेका छन् । होटल तथा पर्यटन २०५.७९, विकास बैंक २९.९७, जलविद्युत ११४.०५, उत्पादनमूलक १८३.९१, लघुवित्त ६४.१९, सामूहिक लगानीकोष ०.०२, लगानी २.७२ अंकले बढेका छन् ।

बैंकिङ ०.५९, व्यापार ४३२.२५, वित्तीय ३.३६, निर्जीवन बीमा २८७.७६, अन्य ३.९, जीवन बीमा १९१.४२ अंकले घटेका छन् ।

चन्द्रगिरी हिल्स्, यूनाईटेड आईडीआई मार्दी आरबी हाइड्रोपावर, यूनिभर्सल पावर कम्पनी, चिलिमे हाइड्रोपवार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

साल्ट ट्रेडिङको सेयर मूल्य १० प्रतिशतले घटेको छ । सानिमा जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको सेयर मूल्य ८ प्रतिशत भन्दा धेरैले घटेको छ ।


पुष्प दुलाल