यी हुन् भारतमा सार्वधिक बिक्री हुने १० कार



एजेन्सी । भारतीय आर्थिक वर्ष २०२०/२१ को कार बिक्रीको तथ्यांक सार्वजनिक भएको छ । भारतमा आर्थिक वर्ष २०२०/२१ मा सर्वाधिक बिक्री हुने १० कारको सूचिमा मारुती सुजुकी र हुन्डाई मात्र रहेका छन् ।

मारुती सुजुकीको ७ मोडल र हुन्डाईको ३ मोडल शिर्ष १० भित्र पर्न सफल भएका छन् ।

पहिलोदेखि चौथौ स्थान मारुती सुजुकीका कारले ओगटेको छ । मारुती सुजुकीको ह्याचब्याक स्विफ्ट पहिलो स्थानमा छ । एक वर्षमा स्विफ्ट २१ हजार ७१४ यूनिट बिक्री भएको छ । सन् २०२० मार्चसम्म स्विफ्ट ८ हजार ५७५ यूनिट बिक्री भएको छ । आव २०२०/२१ स्विफ्टले १५३ प्रतिशतको वृद्धि हासिल गरेको छ ।

दोस्रो स्थानमा मारुती सुजुकी बलेनो रहेको छ । २०२१ मार्चसम्म बलेनो २१ हजार २१७ यूनिट बिक्री भएको छ । २०२० मार्चमा बलेनो ११ हजार ४०६ यूनिट बिक्री भएको छ । बलेनोले ८६ प्रतिशत वृद्धि हासिल गरेको छ । १८ हजार ७५७ युनिट बिक्री गर्दै मारुती वागनआर तेस्रो स्थानमा छ । वागनआरको वृद्धिदर १०५ प्रतिशत छ । सन् २०२० मार्चसम्म वागनआर ९ हजार १५१ यूनिट बिक्री भएको छ ।

चौथो स्थानमा मारुती सुजुकीको इन्टङलेभल ह्याचब्यक अल्टो रहेको छ । चालु आवमा अल्टो १७ हजार ४०१ यूनिट बिक्री भएको छ । अघिल्लो आवमा अल्टो १० हजार ८२९ यूनिट बिक्री भएको छ । अल्टोले ६१ प्रतिशतले बिक्री बढाएको छ ।

पाँचौ स्थानमा हुन्डाई क्रेटा रहेको छ । चालु आवमा क्रेटा १२ हजार ६४० यूनिट बिक्री भएको छ । अघिल्लो आवमा क्रेटा ६ हजार ७०६ यूनिट बिक्री भएको थियो । क्रेटाको बिक्री ८८ प्रतिशतले बढोत्तरी भएको छ ।

मारुती सुजुकी इको छौंठो स्थानमा छ । इको ११ हजार ५४७ यूनिट बिक्री भएको छ । अघिल्लो आवमा इको ५ हजार ९६६ यूनिट बिक्री भएको थियो । गत आवमा इकोको बिक्री ९४ प्रतिशतले बढेको छ ।

११ हजार ४३४ यूनिट बिक्री गरेको मारुती डिजायर सातौं स्थानमा छ । अघिल्लो आवमा डिजायर ५ हजार ४७६ यूनिट बिक्री भएको छ । डिजायरको बिक्री १०९ प्रतिशतले बढेको छ ।

आठौं स्थानमा रहेको मारुती भिटारो बेज्रा गत आवमा ११ हजार २७४ यूनिट बिक्री भएको छ । बेज्राको बिक्री १०९ प्रतिशतले बढेको छ । अघिल्लो आवमा बेज्रा ५ हजार ५१३ यूनिट बिक्री भएको थियो ।

हुन्डाई ग्रान्ड आई १० र हुन्डाई भेन्यू नवौं र १० औं स्थानमा छन् । ग्रान्ड आई १० गत आवमा ११ हजार २० यूनिट बिक्री भएको छ । अघिल्लो आवमा ग्रान्ड आई१० ४ हजार २९३ यूनिट बिक्री भएको थियो । ग्रान्ड आई१०को बिक्री १५७ प्रतिशतले बढेको छ ।

हुन्डाई भेन्यू १० हजार ७२२ यूनिट बिक्री भएको छ । अघिल्लो आवको तुलनामा भेन्यूको बिक्री ७५ प्रतिशतले बढको छ । अघिल्लो आवमा भेन्यू ६ हजार १२७ यूनिट बिक्री भएको छ ।


पुष्प दुलाल