ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट, १२ लाखको हात खाली



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ । कम्पनीले आज आइपीओ बाँडफाँट गरेको हो ।

जसमध्ये १२ लाख ३ हजार ८३३ जनाको हात खाली भएको छ । धितोपत्र निष्कासन तथा नियमावली अनुसार सम्भव भएसम्म न्यूनतम १० कित्ता सबैलाई दिनुपर्ने प्रावधान अनुसार ५ लाख ९४ हजारले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् ।

कम्पनीको आइपीओमा १८ लाख ४२ हजार ४९३ जनाले आवेदन दिएका थिए । जसमध्ये १७ लाख ९७ हजार ८३३ जना योग्य आवेदन छनोट भएको थियो ।

कम्पनीले शुक्रबार पौने १ बजे कम्पनीको कार्यालयमा आइपीओ बाँडफाँट गरेको हो ।


क्लिकमान्डु