सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा कायम भएको सुनको मूल्य श ुक्रबार ६ सय रुपैयाँले घटेर ८६ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ४ सय ५० हजार रुपैयाँ कायम भएको थियो भने शुक्रबार ८५ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १२ हजार ३० रुपैयाँ थियो भने शुक्रबार पनि सोही मूल्य कायम भएको छ ।


क्लिकमान्डु