आइपीओ ल्याउने तयारीमा रहेको रियालयन्स स्पिनिङ मिल्सले उत्पादन क्षमता बढाउँदै



काठमाडौं । बुक बिल्डिङमार्फत् प्राथमिक सेयर निष्कासनको घोषणा गरेको रिलायन्स स्पिनिङ मिल्स कम्पनीले २ चरणमा गरी उत्पादन क्षमता बढाउने भएको छ ।

कम्पनीले २ चरणमा गरी सेन्थिेटिक धागो ४ हजार ६८० मेट्रिक टन तथा कटन धागो ४ हजार ६८० मेट्रिक टन उत्पादन गर्ने गरी वार्षिक ९ हजार ३६० मेट्रिक टन उत्पादन गर्ने योजना बनाएको छ । कम्पनीले उत्पादन क्षमता बढाउनका लागि दुई चरणमा गरी डेढ अर्वका दले ३ अर्ब रुपैयाँ ऋण लिने भएको छ ।

कम्पनीले पहिलो चरणमा सन् २०२१ को मार्च महिनादेखि दोस्रो चरणमा सन् २०२२ को जुलाइमा शुरु गर्ने योजना बनाएको छ ।

यसका लागि कम्पनीले कर्जाका लागि रेटिङ समेत गराएको छ । कम्पनीले हालै ७ अर्ब ९ करोड ५० लाख ३९ हजार रुपैयाँ बराबरको ऋणका लागि रटिङ समेत गराएको छ । कम्पनीको आम्दानी गत वर्षको तुलनामा करिब १७ प्रतिशतले घटेको छ ।

कम्पनीको आम्दानी सन् २०१९ को तुलनामा सन् २०२० मा १६.७९ प्रतिशत अर्थात् १ अर्ब २५ करोढ ८० लाख रुपैयाँले घटेको छ । त्यसैगरी कम्पनीको सन् २०२१ को फस्ट हाफको अपरिष्कृत विवरण अनुसार कम्पनीको कुल आम्दानी ३ अर्ब ७२ करोड रुपैयाँ छ ।

कम्पनीले सन् २०२० मा ६ अर्ब २७ करोड ८० लाख रुपैयाँ आम्दानी गरेकोमा सन् २०१९ मा ७ अर्ब ५३ करोड ६० लाख रुपैयाँ र सन् २०१८ मा ६ अर्ब २० करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

हाल नेपालबाट धागो निर्यात हुने मुख्य मुलुकमा भारत र टर्की हुन् । यी देशमा कम्पनीले सिन्थेटिक धागो उत्पादनको ७० देखि ७४ प्रतिशतसम्म निर्यात गर्दै आएको छ । कम्पनीले कुल बिक्री गर्ने उत्पादनको ५० प्रतिशत १० वटा कम्पनीलाई मात्रै बिक्री गर्दै आएको छ । कम्पनीको वार्षिक रुपमा ३६ हजार मेट्रिक टन घागो उत्पादनको क्षमता छ ।

सन् १९९४ मा स्थापना भएको कम्पनीले पोलिस्टर, भाइस्कोस, एक्रिलिक/ब्लेन्डेड र पोलिस्टर टेक्सचर धागो उत्पादन गर्दै आएको छ । कम्पनीको सुनसरीको खानार र सुनसरीको दुहवीमा गरी २ स्थानमा कारखाना सञ्चालनमा छ ।


क्लिकमान्डु