दोस्रो बजारका सवा ६ लाख लगानीकर्तामध्ये ५ लाखले लिए टीएमएस, कुन ब्रोकरमा कति ?



काठमार्डौं । दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताको संख्या दिनप्रतिदिन बढ्दो छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार दोस्रो बजारमा कारोबार गर्ने ६ लाख २७ हजारमध्ये करिब ५ लाखले अनलाइन प्रणालीबाट कारोबार गर्नका लागि टीएमएस सेवा लिएका छन् ।

हालसम्म कुल ६ लाख २५ हजार ६६२ जनाले दोस्रो बजारका लागि खाता खोलेका छन् भने त्यसमध्ये टीएमएस लिनेको संख्या ४ लाख ९९ हजार ६९३ छ । नेप्सेका अनुसार अनलाइन सेवा लिएर पनि सक्रियरुपमा कारोबार गर्नेको संख्या भने २ लाख ४३ हजार ३४८ छ ।

सबैभन्दा बढी नासा सेक्युरिटिजबाट ४८ हजार ४१३ जनाले टीएमएस लिएका छन् भने सबैभन्दा कम सगरमाथा सेक्युरिटिजबाट हालसम्म जम्मा ८७१ जनाले टीएमएस लिएका छन् ।


क्लिकमान्डु