रुरु जलविद्युत् परियोजनाको आइपीओ चैत २० गतेदेखि, कति दिने आवेदन ?



काठमाडौं । रुरु जलविद्युत् परियोजनाले सर्वसाधारणका लागि चैत २० गतेदेखि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । यसअघि गुल्मीका प्रभावितहरुलाई सेयर निष्कासन गरेको कम्पनीले अब सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो ।

प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरी ४ लाख ७ हजार ७०६ कित्ता सेयरमध्ये ८ हजार १५४ कित्ता (२ प्रतिशत) कर्मचारीलाई र ४ प्रतिशत अर्थात् २० हजार ३८५ कित्ता सेयर सामूहिक लगानीकर्तालाई सुरक्षित गरी बाँकी रहेको ३७ लाख ९ हजार १६७ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

सर्वसाधारणले भने प्रतिकित्ता १ सय रुपैयाँका दरले आवेदन दिन पाउनेछन् । कम्पनीले जारी गरेको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्तामा आवेदन दिन पाइनेछ ।

कम्पनीको आइपीओ चैत २० गते निष्कासन भइ छिटोमा चैत २४ गते र ढिलोमा बैशाख ३ गते बन्द हुनेछ ।

कम्पनीले उत्पादन गरेको विद्युत प्रति मेगावाट १४ करोड ८९ लाख ४ हजार ३८२ रुपैयाँ लागत छ ।

कम्पनीका सञ्चालकमा आशीष सुवेदी, भरतप्रसाद नेपाल, मीनराज कँडेल र चन्द्रबहादुर पुन छन् ।


क्लिकमान्डु