अफलाइन राइडर राक्न राइडरलाई ज्याकेट नलगाउन पठाओको निर्देशन



काठमाडौं । पठाओले राइडरलाई कम्पनीको लागो भएको ज्याकेट लगाउन रोक लगाएको छ । बजारमा अफलाइन राइडर बढेसँगै मंगलबार एक सूचना जारी गर्दै पठाओले सबै राइडरहरुलाई राइड जारी राख्न निर्देशन दिँदै ज्याकेट भने नलाउन भनेको हो ।

अफलाइड राइडरहरुले ज्याकेट लगाएर ग्राहकसँग मोलमोलाइ गरी बाइक चलाउन थालेपछि यस्तो समस्या सिर्जना भएको हो । सोमबार मात्रै पठाओका राइडर र ट्याक्सी चालकबीच नयाँ बसपार्कमा झडप समेत भएको थियो ।

पठाओ सेयर राइडिङ एप हो । शुरुमा बंगलादेशबाट शुरु भएको यो कम्पनी सन् २०१६ देखि नेपालमा पनि सञ्चालनमा आएको छ । यो व्यवसायलाई नियमन गर्ने कानूनको अभाव भएको भन्दै समय समयमा यस प्रकारको विवाद आइरहेको छ ।


क्लिकमान्डु