टीएमएस लिनेको संख्या ३ लाख ७६ हजार नाघ्यो, कुन ब्रोकरका कति ग्राहक ?



काठमाडौं । अनलाइनबाट सेयर कारोबार गर्नका लागि ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) लिनेको संख्या पौने ४ लाख पुगेको छ । पछिल्लो समय सेयर कारोबार गर्ने लगानीकर्ताहरुको संख्या बढेसँगै अनलाइनबाट कारोबार गर्नेहरुको संख्या पनि बढेको हो ।

नेप्सेका अनुसार ५० वटा ब्रोकर कार्यालयमार्फत् अनलाइन ट्रेडिङका लागि टीएमएस लिनेको कुल संख्या ३ लाख ७६ हजार २६१ पुगेको हो । जसमध्ये सक्रिय ग्राहकहरुको संख्या १ लाख ९५ हजार ९८९ अर्थात् ५२.६५ प्रतिशत छ ।

नेप्सेका अनुसार ५० वटा ब्रोकरमध्ये सबैभन्दा धेरै नासा सेक्युरिटिजबाट ३६ हजार ३२७ जनाले टीएमएस लिएका छन् भने दोस्रो स्थानमा सानी सेक्युरिटिज कम्पनी छ । उक्त ब्रोकरबाट हालसम्म २६ हजार १ जनाले टीएमएस सेवा लिएका छन् ।

टीएमएसबाट कसरी गर्ने सेयर कारोबार ? कति लाग्छ सेवा शुल्क ?

त्यसैगरी दीपशिखा धितोपत्र कारोबार कम्पनीबाट १६ हजार ४२२, आर्यातारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजबाट १२ हजार २३२, मिदास स्टक ब्रोकिङ कम्पनी लिमिटेडबाट १२ हजार ६७ जनाले टीएमएस लिएका छन् ।

त्यसैगरी सबैभन्दा कम टीएमएस सेवा लिने ब्रोकरमा सगरमाथा सेक्युरिटिज छ । उक्त ब्रोकरबाट हालसम्म जम्मा ५९३ जनाले टीएमएस लिएका छन् भने ३५५ जना मात्रै सक्रिय छन् ।

त्यसैगरी सिल्पा सेक्युरिटिज प्रालिबाट १ हजार ३३८ जना, प्रज्ञान सेक्युरिटिजबाट १ हजार ८९१ जना, स्वर्ण सेक्युरिटिजबाट २ लहजार ४ जना र थ्राइभ ब्रोकरेज हाउस प्रालिबाट २ हजार ४२९ जनाले टीएमएस सेवा लिएका छन् ।

सबैभन्दा ग्राहक दीपशिखा धितोपत्रमा
त्यसैगरी टीएमएस लिने र नलिने दुबै ग्राहकका आधारमा हेर्दा सबैभन्दा धेरै ग्राहक दीपशिखा धितोपत्र कारोबार कम्पनीबाट सेवा लिएका छन् । उक्त ब्रोकरमा हालसम्म २८ हजार ४२८ जनाले सेवा लिएका छन् ।

त्यसैगरी दोस्रो स्थानमा रहेको नासा सेक्यु्रिटिजबाट २७ हजार ६२५, सानी सेक्युरिटीजबाट २३ हजार ४५, इम्पेरियल सेक्युरिटिज कम्पनीबाट २२ हजार २९६ जनाले सेवा लिएका छन् ।

सबैभन्दा कम ग्राहक भएका ब्रोकर कम्पनीमा सगरमाथा सेक्युरिटिज छ । उक्त कम्पनीबाट हालसम्म ३ हजार ८९७ जनाले ब्रोकर सेवा लिएका छन् । त्यसका साथै मार्केट सेक्युरिटिज एन्ड एक्सचेञ्जमा ४ हजार २२३ जना, इन्भेष्टमेनट म्यानेजमेन्ट नेपाल प्रालिबाट ५ हजार २१ जना र सेवा सेक्युरिटिजबाट ५ हजार ७४ जनाले उक्त सेवा लिएका छन् ।


क्लिकमान्डु