जलविद्युत् र म्यूचुअल फण्डको सेयर बढ्दा सेयर बजारमा सामान्य वृद्धि



काठमाडौं । आइतबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से परिसूचक ३.६६ अंकले बढेर २६४०.३४ अंकमा पुगेको छ ।

आइतबारको कारोबारमा लगानीकर्ताको आकर्षण जलविद्युत् कम्पनीको सेयरमा देखियो । जलविद्युत् कम्पनीको उपसमूहमा ४.२९ अंकले बढ्यो । त्यसैगरी म्यूचुअल फण्डको उपसमूहमा पनि ६.४ प्रतशित अंकले बढेको छ ।

आजको कारोबारमा ६७ कम्पनीको सेयर मूल्इ बढ्दा १०३ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ वटाको स्थिर छ ।

आज सबैभन्दा बढी कमाउने शीर्ष ५ कम्पनीमा अपर तामाकोसी, शिव श्री हाइड्रोपावर कम्पनी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल हाइड्रो हाइड्रो डेभपलर्स र चन्द्रागिरि हिल्स छन् । त्यसैगरी सबैभन्दा बढी गुमाउने शीर्ष ५ कम्पनीमा बेस्ट फाइनान्स कम्पनी, किसान लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त, सुमिट लघुवित्त र फर्वाड कम्युनिटी माइक्रोफाइनान्स छन् ।


क्लिकमान्डु