ज्योति लाइफ इन्स्योरेन्सले ६६ लाख कित्ता आइपीओ निष्कासनका लागि अनुमति पायो



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासनका लागि अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले आइतबार कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको हो । कम्पनीले चुक्तापुँजीको ३० प्रतिशत बरारबको ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता सेयर आइपीओ निष्कासका लागि अनुमति पाएको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड छ ।


क्लिकमान्डु