ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँट, २ जनाले पाए ११/११ कित्ता
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले शुक्रबार आइपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार आवेदकमध्ये ३ लाख २५ हजार १६३ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने २ जनाले ११÷११ कित्ता सेयर प्राप्त गरेका छन् ।
कम्पनीको आइपीओमा १३ लाख २२ हजार ९७१ जनाले आवेदन दिएका थिए । त्यसमध्ये १२ लाख १९ हजार ५९ जना योग्य भएका थिए ।
कम्पनीले गत माघ २३ गतेदेखि आइपीओ निष्कासन गरेको थियो ।