माइक्रोफाइनान्स र बीमाको सेयर घट्दा पनि नेप्सेमा २५.२३ अंकको वृद्धि



काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा २५.२३ अंकको वृद्धि देखिएको छ । नेप्से परिसूचक २६३६.६८ अंकमा पुगेको छ ।

यो दिन माइक्रोफाइनान्स बीमा कम्पनीको सेयर मूल्यमा रातो देखिँदा अन्य उपसमूहमा भने हरियो देखिएको छ ।

आज १ करोड ९६ लाख ४६ हजार ५७८ कित्ता सेयर ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७८५ रुपैयाँमा किनबेच भएको छ ।

आज सबैभन्दा बढी कमाउने शीर्ष ५ कम्पनीमा नेपाल हाइड्रो डेभलपर्स, कर्णाली डेभलपमेन्ट बैंक, एभरेष्ट बैंक, बेस्ट फाइनान्स कम्पनी र सिभिल बैंक छन् ।

त्यसैगरी बढी गुमाउने शीर्ष ५ कम्पनीमा र्मिमिरे माइक्रोफाइनान्स, हिमालय उर्जा विकास कम्पनी, सपोर्ट माइक्रोफाइनान्स, सामूदाियक लघुवित्त वित्तीय संस्था र अजोड इन्स्योरेन्स छन् ।


क्लिकमान्डु