बैंकिङ समूहमा लगानीकर्ता आकर्षित हुँदा सेयर बजारमा दोहोरो अंकको वृद्धि
काठमाडौं । सोमबार उल्लेख्यरुपमा वृद्धि भएको नेप्सेमा मंगलबार उतारचढावका पछि दिनको अन्तिमसम्ममा दोहोरो अंकको वृद्धि भएको छ ।
मंगलबार हालसम्मकै सबैभन्दा बढी २६३१.३८ अंकमा पुगेको नेप्से कारोबार सकिँदासम्म २६०१.५१ अंकमा समेटिएको छ । र, यी दुबै हालसम्मकै सबैभन्दा उच्च अंक हुन् ।
आजको कारोबारमा वाणिज्य बैंक, विकास बैंक र म्यूचुअल फन्डको उपसमूहमा वृद्धि देखिएको छ । वाणिज्य बैंकको उपसमूहमा २.०८ प्रतिशतको वृद्धि भएको छ ।
कारोबारका हिसाबले आज १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता सेयर १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९५५ रुपैयाँमा किनबेच भएको छ ।
आजको दिन ५३ वटा कम्पनीका सेयरधनीले मात्रै कमाएका छन् । त्यसैगरी ११५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
सबैभन्दा बढी कमाउने शीर्ष ५ कम्पनीमा चन्द्रागिरि हिल्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, मिर्मिरे माइक्रोफाइनान्स कम्पनी, कर्पोरेट डेभपलमेन्ट बैंक र सनराइज फस्र्ट म्यूचुअल फन्ड छन् । चन्द्रागिरि हिल्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यसैगरी सबैभन्दा गुमाउने शीर्ष ५ कम्पनीमा साधना लघुवित्त, पाँचथर पावर कम्पनी, बरुण हाइड्रोपावर कम्पनी, स्वाभिमान लघुवित्त, माहुली सामूदायिक लघुवित्त कम्पनी छन् ।