सेयर बजारमा उछाल, नेप्से ९२ अंकले उक्लिँदा लगानीकर्ताको नजर माइक्रोफाइनान्स तिर
काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । लगानीकर्ताले उत्साहजनकरुपमा कारोबार गरेका छन् । बजारमा अधिकांश सबै उपसूमहका सेयर मूल्यमा उत्साहजनकरुपमा वृद्धि भएको छ ।
आइतबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पहिले अनुमान गरिएभन्दा फरक ढंगले सेयर धितो कर्जामा हेरफेर नभएपछि बजारमा उछाल देखिएको हो । आज नेप्से परिसूचक ९२.४२ अंकले बढेर २५८६.०१ अंकमा पुगेको छ ।
यो दिन २ करोड २४ लाख ४७ हजार १५७ कित्ता सेयर १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६८.८५ रुपैयाँमा कारोबार भएको छ । आज ६ वटा मात्रै कम्पनीको सेयर मूल्य घटेको छ भने १९० वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । साथै ९ वटा कम्पनीको सेयरमूल्य स्थिर छ ।
आज लगानीकर्ताहरु सबैभन्दा बढी माइक्रोफाइनान्सको सेयरमा होमिए । माइक्रोफाइनान्सको उपसूमह ८.७४ प्रतिशतले बढ्यो ।
त्यसैगरी बीमा कम्पनीको उपसमूह ३.३८, निर्जीवन बीमा कम्पनीको उपसमूह ३.४५, हाइड्रोपावर कम्पनीको उपसमूह ३.३९ प्रतिशत र बैंकिङ समूह ३.२१ प्रतिशतले बढ्यो ।
आजका कारोबारमा ११ वटा कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको सर्किट लागेको छ । जसमा चिबेक लघुवित्त, गरिमा विकास लघुवित्त, मिथिला लघुवित्त, किसान लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, आरएसडीसी माइक्रोफाइनान्स, फर्वाड कम्युनिटी माइक्रोफाइनान्स, उन्नती सहकार्य लघुवित्त, सामूदायिक लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त वित्तीय संस्था र स्वाभिमान लघुवित्त वित्तीय संस्था छन् ।