प्रि-ओपनमा २३.८६ अंकले बढ्यो बजार, २६ कम्पनीको कारोबार



काठमाडौं । सोमबारको प्रि–ओपनमा नेप्से परिसूचक २३.८६ अंकले बढेको छ । प्रि–ओपनमा ३ हजार ४१५ कित्ता सेयर २९ लाख २६ हजार २७५ रुपैयाँमा कारोबार भएको छ ।

प्रि–ओपनमा २२ वटा कम्पनीको सेयर मूल्य बढेको छ । साथै २ वटा कम्पनीको सेयर मूल्य घट्दा २ वटाको स्थिर भएको छ । आइतबारदेखि कारोबार शुरु भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य प्रि–ओपनमा ४.८१ अंकले बढेर ३९२ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु