चार वटा कम्पनीको सेयर कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले रोक्का गरिएका ४ वटा कमपनीको कारोबार फुकुवा गरेको छ । नेप्सले आइतबार एक सूचना जारी गर्दै यसअघि रोक्का गरिएको ४ वटा कम्पनीको सेयर कारोबार फुकुवा गरेको जानकारी दिएको छ ।

नेप्सेले रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी कालिका लघुवित्त, पञ्चकन्या माइ हाइड्रोपावर र नेपाल हाइड्रोको सेयर कारोबार फुकुवा गरेको हो ।

यसअघि नेप्सेले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक वित्तीय विवरण सार्वजनिक नगरेकाले कारोबार रोक्का गरेको थियो । तर ती कम्पनीहरुले नेप्सेको वेवसाइटमा वित्तीय विवरण प्रकाशित गरेपछि नेप्सेले कारोबार फुकुवा गरेको हो ।


क्लिकमान्डु