सेयर बजार राताम्मे, ३३.३३ अंकले घट्यो नेप्से
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार राताम्मे भएको छ । नेप्से परिसूचक ३३.३३ अंकले घटेर २४९३.५९ अंकमा झरेको छ । आजको कारोबारमा म्यूचुअल फण्डबाहेक सबै उपसमूहमा गिरावट देखिएको छ ।
आज १ करोड ४८ लाख ५१ हजार ५९२ कित्ता सेयर ६ अर्ब ९२ करोड ७६ लाख ६८ हजार ९३१ रुपैयाँमा किनबेच भएको छ ।
आजको कारोबारमा सबैभन्दा कमाउने शीर्ष ५ कम्पनीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, नेको इन्स्योरेन्स कम्पनी, हिमालयन उर्जा विकास कम्पनी र बरुण हाइड्रोपावर कम्पनी छन् । त्यसैगरी सबैभन्दा धेरै गुमाउने शीर्ष ५ कम्पनीमा सपोर्ट माइक्रोफाइनान्स, स्वाभिमान लघुवित्त, माउन्टेन हाइड्रोपावर, सुर्योदय लघुवित्त कम्पनी र तारागाउँ रिजेन्सी होटल छन् ।
त्यसैगरी कारोबार रकमका आधारमा आज नेको इन्स्योरेन्स शीर्ष स्थानमा छ । उक्त कम्पनीले ५२ करोड ३३ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । त्यसैगरी अन्य कम्पनीहरुमा नेपाल बैंक, नेपाल दूरसञ्चार कम्पनी, नेपाल पुनर्बीमा कमपनी र नबिल बैंक छन् ।