प्रतितोला ७०० ले बढ्दा कति पुग्यो सुनको मूल्य ?



काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनको मूल्यमा प्रतितोला ७०० रुपैयाँले उकालो लागेको छ । शुक्रबार र आइतबार कुनै परिवर्तन नभएको सुनको मूल्य सोमबार तोलमा नै ७०० ले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला ९४ हार २०० रहेकामा सोमबार प्रतितोला ९४ हजार ९०० पुगेको छ ।

यस्तै, तेजाबी सुन आइतबार प्रतितोला ९३ हजार ७०० रहेकामा बढेर ९४ हजार ४०० मा कारोबार भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला १ हजार ३१५ मा कारोबार भएको छ । आइतबार चाँदी १ हजार २८० मा कारोबार भएको थियो ।


पुष्प दुलाल