एनसीएचएलले पायो साफा अवार्ड



काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) साउथ एशियन फेडेरेशन अफ अकाउन्टस् (साफा) अवार्ड-२०१९ का लागि सार्वजनिक क्षेत्रको विधा अन्तर्गत सर्वश्रेष्ठ प्रस्तुत वार्षिक प्रतिवेदनमा दोस्रो रनर अपको रूपमा सम्मानित भएको छ ।

एनसीएचएलले आर्थिक वर्ष २०७५/७६ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदन र यसको वित्तीय र कर्पोरेट गभर्नन्ससँग सम्बन्धित मुल्यान्कनकोे आधारमा सो पुरष्कार प्रदान गरिएको हो । उक्त पुरस्कार हस्तान्तरण गरिएको थियो । जुन श्रीलंकाको इन्स्टिच्युट अफ चार्टर्ड एकाउटेन्ट्सद्वारा आयोजित भर्चुअल कार्यक्रममा हस्ताक्षर गरिएको थियो ।

यस वर्ष नेपालका चार्टर्ड अकाउन्टेन्टहरुको संस्था (आईक्यान) द्वारा आयोजना गरिएको आईक्यान उत्कृष्ट प्रस्तुति अवार्ड-२०१९ मा पहिलो स्थान पाए पश्चात एनसीएचएलको केस आईक्यानले साफामा पठाएको थियो ।

एनसीएचएल गत बर्ष पनि साफाद्वारा मेरिट सर्टिफिकेटको साथ पुरस्कृत भएको थियो र यस बर्ष दोस्रो रनर अप भएर आफ्नोे प्रदर्शनमा सुधार ल्याएको छ ।

कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधै आत्मसात गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तिय संस्थाहरुद्वारा प्रवर्द्धित कम्पनी हो । सर्वसाधारण बीच डिजिटल भुक्तानी कारोबारको क्षेत्रमा विश्वसनियता कायम गर्न पारदर्शिता निकै महत्वपूर्ण रहेको एनसीएचएलको विश्वास छ ।

एनसीएचएलले हरेक वर्ष पारदर्शि, रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तिय डिस्क्लोजर तर्फको प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ ।


पुष्प दुलाल