सनराइज बैंकको ४ लाख ६५ हजार कित्ता बढी संस्थापक सेयर बिक्री



काठमाडौं । सनराइज बैंकको सेयर लगानीकर्ताले संस्थापक बिक्री गर्ने भएका छन् । बैंकका ३ जना संस्थापक सेयरधनीहरुले ४ लाख ६५ हजार १ सय ८१ कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।

बैंकले बिहीबार सुचना जारी गर्दै बैंकको ४ लाख ५० हजार कित्ता, १० हजार कित्ता र ५ हजार १ सय ८१ कित्ता संस्थापक सेयर बिक्री गर्ने जनाएको छ । सो संस्थापक सेयर प्रति कित्ता १ सय ६५ रुपैयाँमा बिक्री गरिने बताइएको छ ।

बैंकको संस्थापक सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले सुचना प्रकाशित भएको ३५ दिन भित्र उल्लेखित संस्थापक सेयरमा छुट्टा छुट्टै निवेदन पेश गर्न गर्नु पर्नेछ । सेयर खदिर गर्न निदेशव लगानीकर्ताले सनराइज बैंकको प्रधान कार्यालउ गैरिधारा, सेयर रजिष्टार विभागमा लिखित निवेदन दिनु पर्ने उल्लेख गरिएको छ ।


पुष्प दुलाल